काठमाडौं, बैशाख २६ ।
आगामि आर्थिक वर्षको बजेटको विषयको धारणा वारे माओवादी अध्यक्ष पुष्पकाल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओलिलाई जानकारी गराउनु भएको छ ।
वालुवाटार स्थित प्रधानमन्त्री निवासममा भएको छलफलमा दाहालले वजेटका विषयमा दुबै दलले समान धारणा राख्नु पर्ने बताउनु भएको हो ।
माओवादी केन्द्रको हिजो र अस्ति बसेको संसदिए दलको बैठकमा सांसदले वजेट निर्माणको क्रममा एमाले मात्र हावी भएको बताएका थिए ।
दलको बैठकमा सांसदले वजेटको विषय उठाएपछि अध्यक्ष दाहालले सो विषय प्रधानमन्त्री लाई जानकारी गराउने बताउनु भएको थियो ।
संसदिय दलको बैठको निर्णय आगामी आर्थिक वर्षको बजेटलाई व्यवस्थित गराउने विषयमा प्रधानमन्त्री र अध्यक्ष दाहाल बिच छलफल भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline