२५ बैशाख,काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्षसहित मजदुर नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन सक्ने वितिक्कै अध्यक्ष अमर झाक्रि सहित महासङ्घका केन्द्रिय सदस्यहरु शिशिर थापा , टेक प्रधान , ईश्वर बुढाथोकी , लगायतलाइ प्रहरिले अपहरणशैलिमा गिरफ्तार गरेको हो ।
अनामनगरको संवाद डबलीका परिसरबाटै मजदूर नेताहरुलाई गिरफ्तार गरेर सिंहदरवार प्रहरी वृतमा राखिएको छ ।
महासङ्घको गत बैशाख २० गते पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले लिइएका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन सकेर निस्कदै गर्दा उनीहरुलाई गिरफ्तार गरेको हो ।
यसैबीच , अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घले शान्तिपुर्ण भेला , सम्मेलन , संगठन गर्न पाउने संबिधान प्रद्धत्त अधिकार उल्लङघन गर्दै आफ्ना अध्यक्ष सहितका नेताहरुलाई गिरफ्तार गरेको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।
महासचिव गोकुल दाहालले विज्ञप्ती निकालेर राजनितिक र बिचार स्वतन्त्रताको ग्यारेन्टी संबिधानत ब्यबस्था भए पनि बर्तमान सामाजिक दलाल सरकारले उक्त संबैधानिक ब्यबस्थाको धज्जिउडाउदै गरेको गिरफ्तारी एब हिरासत राख्ने कार्य गरेको भन्दै घोर भत्सर्ना गर्नुभएके छ ।
साथै प्रहरी द्दारा गिरफ्तार गरिएका केन्द्रिय अध्यक्ष झाक्री लगायत सबै नेताहरुलाइ बिनासर्त यथासिघ्र रिहागर्न पनि माग गर्नुभएको छ ।
बिज्ञप्तीमा भनिएके छ , श्रमजिबि मजदुर वर्गको हक , हित र अधिकारको पक्षमा संघर्षरत हाम्रो गौरबशाली संगठको राजनैतिक एब पेशागत अधिकार प्राप्तिका आवाजहरु बाट बर्तमान सामाजिक दलाल सरकार तथा दलाल सत्ता भयभित भइ मजदुर नेताहरुलाइ धर पकड तथा गिरफ्तारि गर्ने कार्य तुरुन्त नरोके तथा गिरफ्तार कमरेडहरुलाइ तुरुन्त रिहा नगरे हाम्रो संगठन ससक्त संघर्ष गर्न बाध्य हुने छौ ।
उक्त संघर्ष बाट आउने परिणामको जिम्मेवार स्वयं सरकार हुने पनि उहाँले चेतावनी दिनुभएको छ ।
