-शोभा रावत/जीवन बानीयाँ
काठमाडौं, बैशाख २५ ।
काठमाडौंउपत्यकाको सडकमा रहेका भुस्याहा कुकुरको आतंकले जो कोहि आत्रकित छन् । तर सबैभन्दा बढी समस्या दृष्टिवीहिन हरुलाई पर्ने गरेको छ।
लौरोको सहरामा हिडिरहेका उनीहरुलाई कुन सडकमा कतिबेला कुक्कुरले आक्रमण गर्ने हो भन्ने क्रास रहने गरेको छ ।
डिल्लीबजारको चारखार छेउमा मंगलवार हिान भेटिएकी देटिबिहिन मनिका शर्मा भन्छिन् , सडकमा हिड्न अरु केहिको डर छैन, अभ्यस्त भैसकेकी छु तर यहाँ सधै कुकुरले दुख दिन्छ ।
उनले आफ्नो खुट्टा देखाउदै भनिन् , हेर्नुस् त अस्ती मलाई अचानक टोकिदियो । भर्खर घाउ ठिक भएको ।
उनी त एक प्रतिनिधी पात्र मात्रै हुन् । उनीजनस्ता कयौ दृष्टिबिहिनहरु सडकमा निर्धकक हिड्न डराउछन् । त्यसमा पनि बिहान र साझ को समयमा बढी कुकुरले दुख दिनेगरेको बताउछन् ।
अर्का दृष्टिवीहिन सुशिल अग्रवाल भन्छन् , आफुहरु वाटोमा हिँडदा कुकुरहरुको आतंकले गर्दा बिद्यालय जादा आउदा बाटोमा समस्या हुने गरेको छ । खै कसैले हाम्रो गुनासो सुन्दैन ।
साथै आफुलाई धेरै पटक कुकुरले दुख दिने मात्र नभई आफुलाई कयौं पटक कुकुरले टोकेको उनले बताएका छन । सडकका गल्लिहरुमा छाडा कुकुरको आतंक दृष्टि विहिनलाई मात्र नभई अन्य सर्वसाधारण मा पनि परेको छ ।
काठमाडांै माहानगर पालीकामा पटक पटक पिडीत पक्षले कुकुर व्यवस्थापनका लागि आग्रह गर्दै आएपनि आफनो माग को सनुवाई नभएको गुनासो गरेका छन ।
उता माहानगर ले भने कुकुर व्यवस्थापनाका लागि काम गर्दै आएको दावी गरेको छ । काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपत्यकामा यसको दीर्घकालीन समाधान खोज्न पहल गरिएको बताएकी छन्।
आफुलाई पनि कुकुरको आक्रमणबाट जोगिन समस्या परेको अनुभव सुनाउदै उनले भुस्याहा कुकुरको समस्या हेर्ने विभाग बोलाएर यस विषय कुरा राखिसकेको र बिस्तारै बिस्तारै यस्ता कुकुरको नियन्त्रण गर्ने विषयमा कुराकानी भएको बताईन् ।
अहिले सोहि अनुसार योजना बनाएको पनि उनले बताईन ।
हाल दैनिकजसो काठमाण्डौ उपत्यकाका अधिकांश मुख्य तथा भित्री सडकहरुमा थुप्रैले बेहोरेका छन् र कतिपय आक्रमणको शिकार समेत बनेका छन्।
कुकुरको संख्या अत्याधिक बढेको र सोही अनुपातमा कुकुरको टोकाईबाट घाईते बन्नेहरुको संख्या पनि बढिरहेको सम्बद्ध चिकित्सक बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले अहिले लगभग १५० देखि २०० को हाराहारीमा कुकुरको टोकाइबाट पीडित बनेका बिरामी उपचार गर्न आउने गरेका छन् ।
प्रत्येक वर्ष सरदर १० देखस १५ जनाको रेबिज संक्रमित कुकुरको टोकाइका कारण ज्यान समेत जाने गरेको उनले बताए ।
आफैले पालेका कुकुर तथा बेवारिसे कुकुरबाट राति हिँड्ने पैदलयात्री तथा मोटरसाइकल र साइकल चालक सबैभन्दा बढी पीडित हुने गरेको पाइएको चिकित्सकहरुको भनाई छ ।
उता पशु अधिकारवादीहरु भने उपत्यकामा बेवारिसे कुकुरहरुको संख्या बढ्नुमा सरकारी निकायसँग दीर्घकालीन योजना नहुनुलाई मुख्य समस्या मान्छन् ।
विगतमा त्यस्ता कुकुर नियन्त्रणका नाममा कुकुरहरुलाई निर्ममतापूर्वक मार्ने वा अन्यत्र लगेर छाड्ने गरिएको र उक्त कार्य गैरकानूनी भएको एक अधिकारवादी संस्था स्नेहा केयरका व्यवस्थापक राजीव यादवले बताए।
आफूहरुले पछिल्लो एक वर्षमा विभिन्न ठाउँमा गरी झण्डै एक हजारवटा कुकुरको बन्ध्याकरण गरेको उनले बताए।
उता ललितपूर महानगरपालिकाकाले पनि सडकमा बेवारीसे हिड्ने कुकुर समस्याको रुपमा रहेपनि समाधानका लागि कानूनी आधार स्पष्ट नभएकोले पशुकल्याण ऐन बनाउन नसकिएको बताउछ ।
यकिन आँकडा नभएपनि काठमाण्डौ उपत्यकामामात्रै २० देखि २३ हजारसम्म बेवारिसे कुकुरहरु रहेको अनुमान छ ।
