आफैँलाई गोली हान्न लगाउने श्रीनिवासलाई कस्तो कार्वाहि होला? यस्तो छ कानुनी अप्ठ्यारो !

आफैँलाई गोली हान्न लगाउने श्रीनिवासलाई कस्तो कार्वाहि होला? यस्तो छ कानुनी अप्ठ्यारो !

  • मङ्लबार, बैशाख २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, २५ वैशाख ।  आफैँलाई गोली हान्न लगाएर धार्मिक द्धन्द चर्काउन खोज्ने धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरिएपनि कारबाही गर्नका लागि कानुनकै अभाव हुने देखिएको छ।

श्रीनिवासलाई गोली हानेको आरोपमा पक्राउ गरिएका माधव चौधरी र लक्ष्मी अधिकारीसँग अनुसन्धान गर्दै जाँदा श्रीनिवास आफैँले गोली हान्न लगाएको प्रहरी अनुसन्धानमा फेला परेको हो। त्यसपछि मोरङ प्रहरीले श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीमाथि २५ चैतमा मोरङको जानकी मन्दिरमा गोली प्रहार भएको थियो।

उनीमाथि अहिले अनुसन्धान भइरहेको छ। आफैँलाई गोली हान्न लगाएर दंगा भड्काउने कोसिस गर्ने श्रीनिवासमाथि कुन कानुन लगाएर मुद्दा चलाउने भन्नेमा समस्या देखिएको छ।

आफैँलाई गोली हान्न लगाउनेमाथि कस्तो कानुन लगाउने भन्ने अवस्था नेपाली कानुनमा स्पष्ट नभएके मोरङका डिएसपी निशान्त थापाले बताए ।

अहिलेसम्म कुन कानुन लगाएर कारबाही गर्ने भन्ने विषयमा टुंगोमा नपुगिएको उनले बताए। अहिले अनुसन्धानकै क्रममा रहेको र सरकारी वकिलसँग छलफल गरेपछि केही निकास निस्किनेमा  विश्वस्त रहेको उनको भनाई छ  ।

उनलाई गोली हानिएको घटनाको मुद्दा कर्तव्‍य ज्यानमा गइसकेकोले श्रीनिवासलाई पनि सोही मुद्दामा जोडेर लैजाने कि भन्ने बारेमा प्रहरीले गृहकार्य गरिरहेको छ। स्पष्ट कानुनी व्यवस्था नहुँदा प्रहरीलाई समस्या भएको हो। कानुनले यस्तो घटनाका विषयमा कल्पना नगरेको भए पनि कुनै न कुनै कानुन लगाएर श्रीनिवासमाथि कारबाही हुन सक्ने अधिवक्ता दिनेश त्रिपाठीले बताए।

‘कहिलेकाहीँ तथ्य कल्पनाभन्दा पनि टाढा हुन्छ भनिन्छ, यो घटना त्यस्तै हो,’ त्रिपाठीले भने, ‘कसैले आफैलाई गोली हान्न लगाउला भनेर कानुनले कहिल्यै कल्पना गरेको थिएन, तर कुनै कानुन समाएर कारबाही गर्न सकिन्छ।’ उनले श्रीनिवासमाथिको कारबाही कर्तब्य ज्यानमा जान नसक्ने बताए।

त्रिपाठीले यस्तो घटना नेपालमा पहिलो पटक घटेको समेत बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ