सुनसरी ।
छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले सनराइज बैंक लिमिटेडले सुनसरीको दुहवी शाखालाई साविकको स्थानबाट करिव ५० मिटरको दूरीमा स्थानान्तरण गरेकोे छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष उमेश गोश्वानीले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
हाल यस बैंकले ८० वटा शाखा, ९५ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै, मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै कले सुनसरीको बराहक्षेत्र नगरपालिका वडानम्बर ६, मुनाल चौक, चक्रघट्टीमा आफ्नो २१ औं शाखारहित बैंकिङ सेवाको पनि थालनी गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष सुरेन्द्रप्रसाद गुप्ताले गरेको बैंकले जनाएको छ ।