२५ बैशाख,काठमाडौँ ।
मानव बेचबिखन तथा ओसारपसार अभियोगमा कारागार जीवन भोगिरहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडा अध्यक्ष सुनबाहदुर तामाङ्गको पत्नीद्वारा भारतको जी.बी रोडमा संचालित कोठा नं ६४ को दोस्रो तल्लामा रहेका ३५ जना नेपाली मध्यबाट एक नेपाली महिलाको उद्धार गरीएको छ ।
परिवर्तित नाम (कुसुम) २ महिना पहिला विवाहको नाटक गरी यो हालतमा पुर्याउने मुख्य दलाल सुनिल थापा, भारतीय अर्काे दलाल रमेश ठाकुरद्धारा ३०/३५ हजारमा फरक फरक व्यक्तिसंग बेचिन पुगेकी म अन्त्यमा जी.बी रोड कोठा नं ६४ को दोस्रो तल्लामा बेचिएर थुप्रै ग्राहकलाई सन्तुष्ट बनाउनुपर्ने घृणित काम गर्न बाध्य म यो नर्क, दःुख कष्ट र पीडाबाट के.आई. नेपालको सहयोगमा उम्कन सफल हुन्छु र छिट्टै नेपाल फर्की परिवारसंग भेट्न पाउँछु भनेर सोचेको सम्म पनि थिईन् ।
भारतको चार ठाउँमा कोठी संचालनगरी २५० आफनै गाउँघरका महिला तथा बालिकाहरुलाई विभिन्न प्रलोभनमा पारी भारतमा बेचेर यौन धन्दामा लगाइ नारकीय जीवन भोग्न बाध्य बनाएका सुनबाहादुर तामाङ्गकोे कोठीबाट नेपालगंज घर भएकी महिलालाई उद्धार गरी नेपाल ल्याउने तयारी गरीएको छ ।
भारतको विहारमा अनेकौ दुःखसंगै नशालु औषधीको सेवन गराइ एक महिनासम्म शारीरिक, मानसिक यातना दिई अन्त्यमा भारतको जी .बी रोडमा बेचेर दैनिक यौन धन्दामा लाग्नु मेरो दैनिकी थियो भने ग्राहकले भने बमोजिम नमान्दा भोग्नु परेका दुःख सम्झदा लाग्छ अहिले पुर्नजम्म पाएको छु ।
मसंग बिवाहको नाटक गरी मेरो यस्तो हालत बनाउने मानसीक, शारीरीक र सामाजिक यातना दिने दलाललाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सके म जस्तै कयौं चेलीहरुले यो नारकिय जीवन भोग्न बाध्य हुनु पर्दैन थियो ।