जनप्रतिनिधि सचेत नभएसम्म हिंसाका घटना न्यूनीकरण हुदैनः मन्त्री थापा

जनप्रतिनिधि सचेत नभएसम्म हिंसाका घटना न्यूनीकरण हुदैनः मन्त्री थापा

  • सोमवार, बैशाख २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

काठमाडौँ, २४ वैशाख ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिलामाथि हुने हिंसा न्यूनीकरणका लािग स्थानीय तहले विशेष संयन्त्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले स्थानीय तहका जनप्रतिनिधि सचेत नभएसम्म हिंसाका घटना न्यूनीकरण हुन नसक्ने बताउनुभयो ।

मन्त्री थापाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारले यस्ता घटना नियमित भइरहेका स्थानमा सुरक्षा समिति बनाउनुपर्नेे र स्थानीयवासीका लागि पनि सोहीअनुरुप जनचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बालबालिका मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले सबैजनाले आ–आफ्नो स्थानबाट हिंसा न्यूनीकरणका लागि प्रयास गर्ने हो भने यसका लागि छुट्टै कार्यक्रमको आवश्यकता नपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका अध्यक्ष श्याम सुन्दरराज वैद्यले देशले राजनीतिक रुपमा फड्को मारे पनि पितृ सत्ताका कारण महिलामाथि हुने हिंसामा कमी आउन नसकेको जानकारी दिनुभयो ।

भोलिसम्म सञ्चालन हुने अभिमुखिकरण कार्यक्रम निशा बानियाँले ‘लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका’, पेम्मा लामाले ‘लैङ्गिक समानताको अवधारणा’ र महिला बालबालिका विभागका प्रतिनिधिले ‘लैङ्गिक हिंसा निवारणमा सरकारको प्रयास’ का विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ