खहरे खोलाले बगाउँदा बझाङमा ३ जनाको मृत्यु, २ बेपत्ता बेपत्ताको खोजी कार्य जारी

खहरे खोलाले बगाउँदा बझाङमा ३ जनाको मृत्यु, २ बेपत्ता बेपत्ताको खोजी कार्य जारी

  • आइतवार, बैशाख २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

बझाङ, बैशाख २३ । बझाङको थलारा गाउँपालिका–४ नजिकै रहेको खहरे खोलाले बगाउँदा ३ जनाको मृत्यु भएको छ भने २ जना बालक बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा थलारा गाउँपालिका ४ का २८ वर्षीय हर्क विक, हर्क विककी श्रीमती २५ वर्षीय डल्लीदेवि विक र वडा नम्बर ४ कै कलसा विक रहेका छन् ।

स्थानयि बजार ढोड्य खेत बाट घर फर्कने आउने क्रममा गाँउको बिचमा भएर बग्ने गुह्या खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको स्थानीय बासीन्दाले बताएका छन् । शनिबार राती करीब ८ बजेतिर परेको अविरल बर्षाका कारण खहरे खोला आइ उनीहरुलाई बगाएको हो ।

यस्तै उक्त खोलाले बगाएर मृतक हर्क विककी ७ वर्षीय छोरी मनिसा विक र ४ वर्षीय छोरा सक्षम विक बेपत्ता भएका छन् ।

खहरे खोलाले बगाएका ३ जना हर्क विक, उनकी श्रीमती डल्लीदेवि विक र सोही गाँउकै कलसा विकको शव फेला परेको छ भने बालकहरुको खोजी कार्य भइरहेको जनाइएको छ । अहिले घटना स्थल तर्फ ईलाका प्रहरी चौकी थलाराबाट प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ