भारतीय प्रधानमन्त्रीलाई हिन्दी भाषामा अभिनन्दन गरिने: चार भाषामा अभिनन्दनपत्र तयार गरिँदै

भारतीय प्रधानमन्त्रीलाई हिन्दी भाषामा अभिनन्दन गरिने: चार भाषामा अभिनन्दनपत्र तयार गरिँदै

  • आइतवार, बैशाख २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डाै, २३ वैशाख ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ।

नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन्।

सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने साहले बताए। भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण नजिकिँदै जाँदा उनको स्वागत र अभिनन्दनको तयारी तीव्र पारिएको छ। बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट उनी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका हुन्। कुनै पनि मुलुकका प्रधानमन्त्रीलाई सम्भवतः पहिलोपटक काठमाडौंबाहिर नेपालका प्रधानमन्त्रीले स्वागत गर्न लागेका छन्।

मोदीलाई स्वागत गर्न काठमाडौंबाट जनकपुर आउने प्रधानमन्त्री केशी शर्मा ओली नागरिक अभिनन्दन सामारोहमा भने सहभागी हुने छैनन्।

नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ