काठमाण्डाै, २३ वैशाख ।
भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता जनाएको भारतले तीन वर्ष बित्दा पनि काम सुरु गरेका छैन ।
भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम सुरु नभएको पुरातत्व विभागले जनाएको छ ।
भारतले पाटनको नापीचन्द्र महाविहार, गोपीचन्द्र महाविहार, भीमसेन मन्दिर सिन्धुपाल्चोकको चिरी गुम्बा, सेतो मछिन्द्रनाथ मन्दिर, ओखलढुंगाको नामहोलिङ गुम्बा, ललितपुरको रत्नकार महाविहार लगायतका सम्पदा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो ।
आजको नागरिक दैनिकबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline