कम्पनी बनाएर गाडी चलाउनेबारे यातायात संघकै पदाधिकारीबीच विवाद, महासचिवकाे पत्र जिप्रकामा पुगेपछि कड्किए उपाध्यक्ष

कम्पनी बनाएर गाडी चलाउनेबारे यातायात संघकै पदाधिकारीबीच विवाद, महासचिवकाे पत्र जिप्रकामा पुगेपछि कड्किए उपाध्यक्ष

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

मोरङ, वैशाख २२ ।

पूर्व नेपाल यातायात व्यवसायी संघले समिति भंग गरेर कम्पनीमा गाडी चलाउन तयार रहेको पत्र जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएकाे छ ।

संघका महासचिव धर्मानन्द साहले सरकारको निर्णय अनुसार आफूहरु कम्पनी बनाएर गाडी चलाउन तयार भएको जनाइएकाे छ ।

समिति भंग गरेर कम्पनीमा गाडी चलाउन तयार रहेको पत्र जिल्ला प्रशासन कार्यालयमा पठाएपछि शनिबार बिहान पक्राउ परेका तीन जनालाई रिहा गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सार्वजनिक यातायात वन्द गरेपछि पक्राउ परेका पुर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाइ, कोशी वस व्यवसायी संघका नारायण अधिकारी र पूर्व नेपाल यातायात व्यवसायी संघका टिका भट्टराईलाई रिहा गरिएको उहाँले बताउनुभयो ।

पूर्व नेपाल यातयात व्यवसायी सघ प्रदेश नं १ को सवैभन्दा बढी २ सय ७५ वटा वस भएको समिति हो । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीले अप्सरा यातायातले पनि कम्पनीमा दर्ता भएर गाडी चलाउने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

पूर्व नेपाल यातायात ब्यवसायी संघमा आवद्ध ब्यवसायी समितिलाई नै निरन्तरता दिने कि कम्पनीका रुपमा गाडी चलाउने भन्ने विषयमा एकमत भने छैनन् । संघको नाममा महासचिव धर्मानन्द साहले हस्ताक्षर गरेको पत्र मार्फत जिल्ला प्रशासन कार्यालयमा पठाएपछि समितिका पदाधिकारीबिचमा विवाद शुरु भएको हो ।

साहले पक्राउ परेका ३ जनाको रिहाईका लागि भन्दै  जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएकोमा संघका उपाध्यक्ष उत्तम चौलागाईले समितिको नाममा पठाईएको पत्र समितिको निर्णय नभई व्यक्तिगत भएको आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ