आक्रमणबाट घाइते मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठको घरमा तोडफोड

आक्रमणबाट घाइते मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठको घरमा तोडफोड

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भक्तपुर, २२ वैशाख ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ ।

यही वैशाख ८ गते घरमा बसिरहेका बेला केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका प्रमुख श्रेष्ठको घरमा गएराति तोडफोड गरिएको हो ।

सोही घरमा सहकारी सञ्चालन गर्दै आउनुभएका चन्द्रभक्त श्रेष्ठले घटनाका बारेमा जानकारी दिँदै भन्नुभयो, “सिसी क्यामराको दृश्य हेर्दा राति दुईजनाको समूहमा आएका व्यक्तिले प्रमुख श्रेष्ठको घरको मूलढोका तोडफोड गरी त्यसको माथिको दुई तलासम्मको ढोकाहरु तोडफोड गरेर फरार भएको देखिएको छ ।”

नेपाल–कोरिया मैत्री अस्पतालमा उपचाररत प्रमुख श्रेष्ठले भन्नुभयो–“घरमा तोडफोड भयो भन्ने सुनेँ, ममाथि आक्रमण भएको १६ दिन भइसक्दा पनि आक्रमणकारी पक्राऊ परेका छैनन्, फेरि आज घरमा तोडफोड भयो, खै के कारबाही होला र ?”

महानगरीय प्रहरी वृत्त, थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले नगरप्रमुख माथिको आक्रमणसँग तोडफोडको घट्ना जोडिएको नपाइएको बताउनुभयो । तोडफोड गर्ने नियत भन्दा पनि चोरी गर्ने नियतले आएको हुनसक्ने देखिएको बताउँदै उहाँले घटनाबारे अनुसन्धान शुरु गरेको बताउनुभयो ।

यसैबीच, नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा संघर्ष गर्ने गरी १५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । मध्यपुरथिमिमा आज भएको स्थानीयको भेलाले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न दबाब दिन, नगर प्रमुखको सुरक्षा गर्न र घटनाको विरोध गर्न समिति गठन गरिएको समितिका नवीनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ