इटहरीमा गुडिरहेको बसमा बम प्रहार !

इटहरीमा गुडिरहेको बसमा बम प्रहार !

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

इटहरी, २२ वैशाख ।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित धरान इटहरी सडकखण्डमा आज दिउँसो गुडिरहेको बसमा अत्रात समुहले विस्फोटक वस्तु प्रहार गरेको छ ।

धरानबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे१ख २७३४ नंको सूर्योदय दिवा सेवाको बसलाई लक्षित गरी बाहिरबाट फालिएको बम विस्फोट हुँदा सोही बसमा यात्रारत धरान–१६ का तीन वर्षीय हेलेन गौतमको टाउकामा सामान्य चोट लागेको छ ।

इटहरी चोकदेखि करीब ४०० मिटर उत्तरतर्फको सडकमा गुडिरहेको यात्रुबाहक बसमा अकस्मात् कसैले विस्फोट हुने वस्तु प्रहार गरेको र त्यो वस्तु बस बाहिर लागेर आवाजसहित विस्फोट भएको बसका चालक धनबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

विस्फोटक वस्तु पड्किँदा बसमा सामान्य नोक्सानी भएको र त्यो कस्तो विस्फोटक वस्तु हो भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

विस्फोट भएको क्षेत्रमा दुईजना युवाले केही वस्तु फालेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । तर उनीहरु को हुन् भन्ने पहिचान भने हुन नसकेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ