पब्लिक स्पिकिङ्ग अभियान सम्बन्धी सेमीनार सम्पन्न

पब्लिक स्पिकिङ्ग अभियान सम्बन्धी सेमीनार सम्पन्न

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ , २२ वैशाख ।
जीवन मुल्यलाई बढवा दिने पब्लिक स्पिकिङ्ग अभियान सम्बन्धी सेमीनार आज राजधानीमा सम्पन्न भएको छ ।
कार्यक्रममा निफका प्रमुख प्रशिक्षक एच वि कटवालले पब्लिक स्पिकिङ्गको महत्व र यसले ब्यक्तिको व्यक्तिगत र पेसागत जीवनमा पार्न सक्ने प्रभाव सम्बन्धी पे्ररणामुलक स्पिच दिनु भएको थियो । त्यस्तै कार्यक्रममा नीफका अध्यक्ष तथा सीइओ शशी शर्माले गुणस्तरीय संवाद कलाको माध्यमबाट समाज र देशमा योगदान गर्ने अभिप्रायले निफ पब्लिक स्पिकिङ्ग अभियानलाई अगाडि वढाई रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा नीफ पब्लिक स्पिकिङ्ग प्रशिक्षण पुरा गर्नु भएका पूर्व–प्रशिक्षार्थीहरुले आफ्ना मर्म–स्र्पशी अनुभव प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा ४ हप्ताको पब्लिक स्पिकिङ्ग प्रशिक्षण पुरा गरेका प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।


“स्पीक एण्ड विन” (बोल्नुस र जित्नुस) भन्ने मुल नाराका साथ आफ्ना क्रियाकलापलाई अगाडी बढाई रहेको नेपाल आन्ट्रप्र्रेनरसिप एजुकेशन फाउन्डेशन (नीफ) पब्लिक स्पिकिङ्ग, संबादकला, व्यक्तित्व तथा क्षमता विकासमा प्रशिक्षण दिने नेपाल कै अग्रणी संस्था हो ।

 

यसले करिब २ वर्षको अवधीमा २००० भन्दा बढि बिभिन्न क्षेत्रमा आवद्घ व्यक्तित्वहरुलाई व्यवहारिक प्रशिक्षण प्रदान गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ