अमेरिकाको हवाइमा गयो सन् १९७५ पछिकै सबैभन्दा शक्तिशाली भूकम्प

अमेरिकाको हवाइमा गयो सन् १९७५ पछिकै सबैभन्दा शक्तिशाली भूकम्प

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी, २२ काठमाडौं । ज्वालामुखी विस्फोटको दोस्रो दिन अमेरिकाको हवाइ स्थित विशाल टापुमा शक्तिशाली भूकम्प गएको छ ।

ज्वालामुखी गएको दक्षिण पूर्वी क्षेत्रमा ६.९ म्याग्निच्यूडको भूकम्प गएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी इतिहासमा यो सन् १९७५ पछिकै सबैभन्दा ठूलो भूकम्प हो ।

भूकम्पलगत्तै केही समय विद्युत् सेवा अवरुद्ध भएको थियो भने मानिसहरुलाई घरबाहिर सुरक्षित स्थानमा जान सूचित गरिएको थियो ।

३० मिटर उचाइसम्म विस्फोट भएको ज्वालामुखीका कारण धेरै घरहरु ध्वस्त भएका छन् ।

ज्वालामुखीका कारण हावामा खतरनाक सल्फर डाइअक्साड ग्यासको सतह बढे पनि प्रभावितहरुलाई सहयोग गर्न आपत्कालीन सेवाका कर्मचारी पनि उपलब्ध नहुने बताएको छ ।

ज्वालामुखी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ