मुलुकका बिभिन्न स्थानमा बम बिस्फोट, कहाँ कहाँ बिस्फोट भयो ? (सूचीसहित)

मुलुकका बिभिन्न स्थानमा बम बिस्फोट, कहाँ कहाँ बिस्फोट भयो ? (सूचीसहित)

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौ २२ वैशाख ।
मुलुकका बिभिन्न स्थानमा बम बिस्फोट भएको छ ।धादिङ्गस्थित मुख्य राजमार्गमा तीन स्थानमा शक्तिशालि बम बिस्फोट भएको छ । बम बिस्फोट पछि उक्त क्षेत्रमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

उता पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक बम विस्फोट भएको छ । आज (विहान) करिब साढे ४ बजे उपमेयर लामाको घर नजिक बम विस्फोट हुँदा समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

बिस्फोटबाट उपमेयर लामाको घरको झ्यालको सिसा फुटेको छ । ठूलो आवाजमा बम बिस्फोट भएपछि प्रहरी घटनास्थल पुगेका थिए ।
बम विस्फोट गराउनेको खोजी कार्य तिव्र पारिएको चितवन प्रहरीले जनाएको छ । बम विस्फोट भएको स्थान पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नंं. १ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेको घर समेत नजिक रहेको छ ।

यस्तै कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट हुनुको साथै आगजनी भएको छ ।
बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको निर्माण कम्पनीको कार्यालयमा विस्फोट भएलगत्तै आगो लागेको स्थानीयले बताएका छन् ।

आगजनिबाट कम्पनीको कार्यालयका मेसिन, जेनेरेटर र डोजरहरुमा क्षति भएको बताइएको छ ।

उता, भारतीय कम्पनी जिएमआर कार्यालयमा भवनमा पनि बम बिस्फोट भएको छ । लमजुङको मर्स्याङ्ग्दी गाउँपालिकास्थित भारतीय जिएमआर कम्पनीको कार्यालयको भवनमा बम विस्फोट भएको हो ।

उक्त भारतीय कम्पनी नेपालमा निकै विवादीत कम्पनी हो । केही दिन पहिला मात्रै संखुवासभाको खाँदबारीमा रहेको भारतीय कन्सुलर कार्यालयमा बम विस्फोट भएको थियो ।
विस्फोटबाट मानविय नभएपनि कार्यालयमा ठूलो क्षति पुगेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउने दिन नजिकिंदै गर्दा भारतीय कम्पनीमाथि उक्त बम विस्फोट भएको हो ।

यस्तै, काठमाडौंबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक बसमा बम प्रहार भएको छ । मालिका कालिका यातायात प्रा.लि.को ना ६ ख ३९७० नम्वरको बसमा पेट्रोल बम प्रहार भएको छ ।

प्रा.लि.का अध्यक्ष सुमन पोख्रेलका अनुसार ४ नम्वर र गोरुसिंगेको बीचमा पर्ने वनगैं भन्ने स्थानमा २ जनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन् ।
बम प्रहारबाट गाडीमा आगो सल्किदै गरेको अवस्थामा यात्रुहरुले आगो नियन्त्रणमा लिएकाले क्षति हुनबाट बचेको बताइएको छ ।

यसैबीच धनगढीको चटकपुरस्थित पुर्वा पेट्रोल पम्प नजिक बम फेला परेको छ । होटल हटपट अगाडीको सडकमा फेला परेको बम सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ