३३ किलो सुन काण्डका नाइके गोरेकी पत्‍नीसँग महान्यायाधिक्ता अग्‍नी खरेलको ‘सेल्फी’

३३ किलो सुन काण्डका नाइके गोरेकी पत्‍नीसँग महान्यायाधिक्ता अग्‍नी खरेलको ‘सेल्फी’

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

२२ बैशाख,काठमाडौँ । ३३ किलो सुना काण्डका नाइके चुडामणी उप्रेती ‘गोरे’ र उनकी पत्नी निरु खरेल ‘नर्वदा’ सँग महान्यायाधिवक्ता अग्‍नी खरेलले खिचेको फोटो सार्वजनिक गरेकी छन् । उनले उक्त फोटो फेसबुमार्फत सार्वजनिक गरेकी हुन् ।

पूर्व कानुनमन्त्री समेत रहेका खरेललाई एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि महान्यायाधिवक्ता नियुक्त गरेका थिए । प्रहरीले अभियुक्तको सूचीमा राखेकी नर्वदासँग फोटो सार्वजनिक भएसँगै खरेलको सामाजिक संजालमा अालोचना सुरु भएको छ । सरकारका कानुनी सल्लाहाकार नै फरार अभियुक्तसँग फोटो खिच्छन् भने उनीहरुबीचको सम्बन्धबारे पनि प्रश्‍न उठ्न सक्छ ।

नर्वदाले उक्त फोटो कहिले खिचिएको भन्ने केही बताएकी छैनन् । हाल नर्वदा दुबैमा रहेको अनुमान गरिएको छ । उनको फेसबुक अझै चलिरहेको छ ।

झापा माइती घर भएकी नर्वदा काठमाडौंको गौरीघाटमा गोरेले किनेको घरमा बस्दै अाएकी थिइन् । उनीहरुको स्थायी घर मोरङको उर्लाबारी हो ।

गृह मन्त्रालयको छानविन विशेष टोलीले तस्करीको साढे ३३ किलो सुन र सनम हत्या प्रकरणमा तयार पारेको १ सय ५३ पृष्ठ लामो विवरण र अभियुक्तको बयानमा नर्वदा सुन तस्करीको मुख्य सहयोगी भएको खुलेको छ ।

तीन वर्षमा ४ सय २१ पटक विदेशबाट नेपालमा सुन तस्करी गर्दा गोरेलाई नर्बदाको साथ र सहयोग रहेको बयानबाट खुलेको छ । सानु वन र सनम शाक्यको हत्यामा पनि नर्वदाकै भूमिका रहेको अनुसन्धानले देखाएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ