राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिकै बम बिस्फाेट, यस्ताे छ क्षतिकाे विवरण

राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिकै बम बिस्फाेट, यस्ताे छ क्षतिकाे विवरण

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

चितवन, वैशाख २२ । पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक अाज बिहानै बम विस्फोट भएको छ ।

करिव ४ः३० बजेको समयमा उपमेयर लामाको घर नजिक बम विस्फोट हुँदा लामाको घरमा सामान्य क्षति पुगेको छ ।

उपमेयर लामाले बम विस्फोटले झ्यालको सिसा फुटेको बताए । सो घरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय समेत रहेको छ ।

स्थानीयले ठूलो आवाजमा बम विस्फोट भएको बताएका छन् । प्रहरीले बमको प्रकृति हेर्दा प्रेसर कुकर बम विस्फोट भएको हुन सक्ने अनुमान लगाएको छ ।

बम विस्फोट गराउनेको खोजी कार्य तिव्र पारिएको चितवन प्रहरीले जनाएको छ ।

बम विस्फोट भएको स्थान पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नंं.१ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेको घर समेत नजिक पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ