दाङ, बैशाख २२ ।
काठमाडौंबाट दाङको तुलसीपुर जाँदै गरेको यात्रुवाहक बसमा बम प्रहार भएको छ । मालिका कालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्वरको बसमा आज बिहान ५ वजे बम प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोख्रेलले जानकारी दिनुभयो ।
पोख्रेलका अनुसार ४ नम्वर र गोरुसिंगेको बीचमा पर्ने वनगैं भन्ने स्थानमा २ जनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन् । बम प्रहारबाट गाडीमा आगो सल्किदै गरेको अवस्थामा यात्रुहरुले आगो नियन्त्रणमा लिएकाले क्षति हुनबाट बचेको अध्यक्ष अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
उता डोटि फल्टुरेमा मिनि टाटाको गाडिमा आगजनी भएकाे छ भने बन्द अबज्ञा गरेकाे भन्दै बन्द कर्ताले डोटि काे फल्टुरेमा मिनि टाटाको गाडिमा पिन आगजनी गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline