उत्तर प्रदेश र राजस्थानमा ४८ घण्टाभित्र फेरि उच्च आँधी आउन सक्ने चेतावनी ,१ सय ९ जनाको मृत्यु

उत्तर प्रदेश र राजस्थानमा ४८ घण्टाभित्र फेरि उच्च आँधी आउन सक्ने चेतावनी ,१ सय ९ जनाको मृत्यु

  • शुक्रबार, बैशाख २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी , वैशाख २१ ।

भारतको उत्तर प्रदेश र राजस्थानमा धुलो वर्षासहित आएको आँधीका कारण मृत्यु हुनेको संख्या एक सय ९ पुगेको छ ।

गत बुधबार रातिदेखि आएको आधिका कारण राजस्थानमा ३८ जनाको मृत्यु भएको छ । एक सय बढी घाइते भएका छन् ।

मौसम विभागले ४८ घण्टाभित्र फेरि उच्च आँधी आउन सक्ने भन्दै सर्तकता अपनाउन आह्वान गरेको छ । आँधीका कारण अधिकाशं घरमा क्षति पुग्नुका साथै विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

हावाहुरीका कारण रुख ढल्दा ती स्थानका यातायात सेवा प्रभावित भएको छ । आँधीका कारण उत्तर प्रदेशको आगरा जिल्लामा सबै भन्दा बढी क्षति पुगेको भारतीय समाचार संस्था पीटीआईले उल्लेख गरेको छ ।

यस्तै, बिजनौर,बरेली,सहारनपुर,पीलीभीत, फिरोजवाद, रायबरेली लगायत ८९ जिल्लामा आँधीका कारण प्रभावित भएको छ ।

प्रदेश सरकारले मृतकका परिवारलाई ४ लाख रुपैयाँ र घाइतेलाई ६० हजार रुपैयाँ दिने घोषणा गरेको छ । भारतको मौसम विभागका अनुसार उत्तर प्रदेश लगायतका क्षेत्रमा केही दिन सम्म मौसममा बदली भएर आँधी सहित भारी बर्षा हुने छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय अधिकारीलाई सम्बन्धीत प्रदेश सरकारसंग समन्वय गरेर राहत तथा पुर्नस्थापनाको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशन दिनुभएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ