मधेसी समुदायमा नयाँ सामाजिक क्रान्तिको थालनी, गरिदिए छोरी सरह बुहारीको दोस्रो बिहे

मधेसी समुदायमा नयाँ सामाजिक क्रान्तिको थालनी, गरिदिए छोरी सरह बुहारीको दोस्रो बिहे

  • शुक्रबार, बैशाख २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

जब बुहारी अन्माएर बिदा गरे, पूर्वशिक्षक श्याम गुप्ताको मुहारमा थोरै न्यास्रोपन र धेरै चमक देखियो । एक दशक छोरीसरह माया गरेकी बुहारी बिदा गर्दाको उदासी एकातिर, अर्कातिर एकल महिलालाई खुसी दिँदाको हर्षविभोरता गुप्तामा देखिन्थ्यो ।

१७ वैशाखमा गुप्ताले आफ्नी बुहारी किरणको बिहे गरिदिए । कपिलवस्तुको शिवराज नगरपालिका–५ का गुप्ताले बुहारीका लागि खुसीको ढोका मात्र खोलेका थिएनन्, समुदायमा एउटा नयाँ सामाजिक क्रान्तिको पनि थालनी गरेका थिए । ‘छोराले अल्पायुमै छाडेर गयो । हाम्रो भरोसा टुट्यो । तर, किरणको त भविष्य नै अन्धकार देखेपछि हामीले उनको बिहे गरिदिने निधो ग¥यौं,’ उनले राजधानीसँग भने ।

२९ वर्षीय किरणको लगनगाँठो भारतको नौगढका डा. सुशान्तकुमार जयसवालसँग कसिदिएका गुप्ता थप्छन्, ‘हाम्रो समाजमा पत्नीको निधन हुनासाथ अर्को बिहे गर्ने पुरुष छन् । तर, पतिको निधन हुँदा पीडा खेप्ने महिलाको व्यथा कसले बुझ्ने ? यही बुझेर सल्लाहमा बिहे गरिदिएका हौं ।’

७ वर्षअघि सवारी दुर्घटनामा गुप्ताका जेठा छोरा अमितराजको निधन भएको थियो । बुहारीको बिहे गरिदिँदा समाजका नानाथरी कुरा सुन्नुपर्ने चुनौती गुप्तालाई थाहा थियो । उनी भन्छन्, ‘मन त सबैको उस्तै हो नि ! यही भावनालाई बुझेर बुहारीको बिहे गरिदिने निर्णयमा पुग्यौं ।’

बुहारीलाई छोरीसरह बिहे गर्नुको अर्को कारण सामाजिक रूपान्तरणको अभियानसमेत रहेको उनी खुलाउँछन् । उनी आफैं लामो समय शिक्षण पेसामा रहेर सामाजिक परिवर्तनका पाठ धेरैलाई पढाए । ‘जे जानेको थिएँ, त्यसलाई व्यवहारमा उतार्नु पनि मेरो कर्तव्य हो,’ उनी थप्छन् । गुप्ताले ३७ वर्ष अध्यापन गरेका थिए ।

मधेसी समुदायमा विद्यमान छोरीमाथिको विभेदको अन्त्य हुनुपर्ने उनी ठान्छन् । उनी भन्छन्, ‘यो निर्णयका लागि हामी दम्पतीले धेरै चुनौतीमाथि पनि विमर्श ग¥यौं ।’

पत्नी मञ्जुलताको सल्लाहका आधारमा नै बुहारीको बिहे गरिएको हो । मञ्जुलता भन्छिन्, ‘एक्लै जीवन बिताउन गाह्रो हुन्छ भनेपछि उनी पनि बिहेका लागि तयार भइन् । राजीखुसीमा बिहे गरिदिएका छौं ।’

किरणकी आठ वर्षीया छोरी छिन् । गुप्ता परिवारले बुहारी र नातिनीका नाममा अंशसमेत दिएका छन् । मञ्जुलता भन्छिन्, ‘नयाँ जोडीको खुसी नै हाम्रो पनि खुसी हो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ