नेपाल कम्युनिष्ट पार्टी सिराहाका जिल्ला ईन्जार्चलार्इ उदयपुरबाट पक्राउ गरेकाे छ ।
बिहीबार त्रियुगा नगरपालिका–७ चुहाडेमा रहेको घरबाटै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले इन्चार्ज अंकुल राउतलाई पक्राउ गरेको हो ।
सिरहा जिल्लाका ईन्चार्ज रहेका राउतलाई विशेष सुराकीको आधारमा घर आएको बेला पक्राउ गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी मेघराज अधिकारीले बताए ।
राउतमाथि विभिन्न आरोप लागेका निवेदन जिल्ला प्रहरी कार्यालयमा परेको डिएसपी अधिकारीले बताए ।
केही दिन अगाडि मात्र उदयपुरका जनसरकार प्रमुम जीतबहादुर पुलामी मगरलाई पक्राउ गरेको थियो ।
सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूलार्इ शान्तिपूर्ण तवरमा रहेकाे बेला गिरफ्तार गरेर संकटकालकाे झल्काे दिनेगरी दमनकाे बाटाे अपनाएकाेमा नेकपाले घाेर भर्त्सना गरेकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline