म लडेँलार्इ मुगाली र मारेक याक्खा भाषामा के भनिन्छ ?

म लडेँलार्इ मुगाली र मारेक याक्खा भाषामा के भनिन्छ ?

  • बिहिबार, बैशाख २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ, २० वैशाख । 

याक्खा भाषाको वर्ण निर्धारण गर्न धनकुटा जाँदा जनगणनामा उल्लेख नभएका तर धनकुटामा बोलिने दुई मातृभाषा (मुगाली र मारेक याक्खा) फेला परेका छन् ।

धनकुटा मारेकमा बोलिने ‘मारेक याक्खा’ भन्न सकिने बेग्लै किराँती भाषा प्रमाणित भएको भाषाविद् प्रा डा माधवप्रसाद पोखरेलले बताउनुभयो । समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्सले ‘लुम्बा याक्खा’ भन्ने छुट्टै मातृभाषा धनकुटाको मारेक कटहरेमा बोलिन्छ भन्ने सूचना इ २०१२ भन्दा अगाडिसम्म दिए पनि त्यस संस्थाले प्रकाशन गर्ने विश्वभरका झण्डै सात हजार मातृभाषाको लगत दिने ‘एथ्नोलग’ भन्ने ग्रन्थको इ २०१२ को संस्करणपछि हटाइयो । यसरी धनकुटा र सङ्खुवासभामा बोलिने मातृभाषा याक्खा एथ्नोलगको लगतमा रह्यो तर मारेक कटहरेमा बोलिने ‘लुम्बा याक्खा’ को उल्लेख र अस्तित्व भने हराएको थियो ।

जनगणनामा उल्लिखित मुगुको ‘मुगाली’ बाहेक त्यही नामको अर्को किराँती भाषा फेला परेको प्रा डा पोखरेलले बताउनुभयो । उहाँका अनुसार धनकुटाको मुगामा बोलिने ‘मुगाली’ लाई छुट्टै मातृभाषाको उल्लेख अहिलेसम्म कतै कसैले गरेको छैन । मुगाकै फाङ्दुवामा बोलिने किराँती भाषा फाङ्दुवालीको भने जनगणनामा उल्लेख छ । “राष्ट्रिय जनगणनामा ‘मुगाली’ भन्ने मातृभाषाको नाम त छ तर त्यो मातृभाषा धनकुटा मुगाको नभएर मुगुको एउटा भोटात्मक भाषा हो, धनकुटाको किराँती भाषा होइन”, भाषाविद् प्रा डा पोखरेल बताउनुहुन्छ ।

धनकुटा र सङ्खुवासभाका याक्खा भाषा बोल्ने मातृभाषीसँगको अन्तरक्रियामा ११ वर्ष अगाडि रामजी कोङ«ेनको शब्दकोष बनाउने क्रममा एक वक्ताको बोलीका आधारमा डा पोखरेलले गरेको वर्ण निर्धारणमा जति वर्ण प्रमाणित भएका थिए, गाउँ गाउँका बेग्लाबेग्लै मातृभाषीसँगको अन्तरक्रियामा याक्खा भाषाको वर्णमालामा सात वर्ण थपिए ।

याक्खा, मारेक याक्खा, मुगाली, फाङ्दुवाली, आठपरिया र छुलुङ बेग्लाबेग्लै मातृभाषा भन्ने प्रमाण उहाँले यसरी दिनुभएको छ – म लडेँ ः काक्सिघाराङ्ना (मारेक याक्खा), काक्साख्याङ्ना (याक्खा), थायाङे (मुगाली), आम्सियाङे (फाङ्दुवाली), कोसेङा्कोसाङे (आठ्परिया), कोयाङे (छुलुङ्छिलिङ्छलङ) ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ