पाकिस्तानी प्रधानमन्त्री अब्बासी फेरि नेपाल आउन लागेको खबरले सबै आश्चर्यचकित, के हाे सत्यता ?

पाकिस्तानी प्रधानमन्त्री अब्बासी फेरि नेपाल आउन लागेको खबरले सबै आश्चर्यचकित, के हाे सत्यता ?

  • बिहिबार, बैशाख २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, वैशाख २० । गएको फागुन २१ गते मात्रै दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी फेरि नेपाल आउन लागेको खबरले सबैलाई आश्चर्यचकित पारेको छ ।

‘दुई दिने नेपाल भ्रमणका लागि प्रधानमन्त्री शाहिद खक्कान अब्बासी आज नेपाल प्रस्थान गर्दै भनेर पाकिस्तान सरकारको आधिकारिक ट्विटर ह्याण्डल गभर्मेन्ट अफ् पाकिस्तानबाट गरिएको ट्वीटले सबैलाई आश्चयमा पारेको हो ।

व्यापार, शिक्षा,पर्यटनलगायतका द्वीपक्षीय सम्बन्ध अझ विस्तारित र सुदृढ बनाउन पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा जान लागेको कुरा ट्वीटमा उल्लेख गरिएको छ ।

पाकिस्तानी सरकारको ट्वीटर ह्याण्डलबाट आज मात्रै साउदी अरबका उर्जामन्त्रीसँग प्रधानमन्त्री अब्बासीको इस्लामाबादमा भएको भेटवार्तालगायत थुप्रै पोस्ट भएका छन् । त्यसैले ट्वीट पोस्ट गर्ने क्रममा पुरानै ट्वीट रिपोस्ट भएको हुन सक्ने काठमाडौंमा रहेको पाकिस्तानी राजदूतावासले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीको दुई दिने भ्रमणमा नेपाल आउन लागेको भए नेपाललाई जानकारी हुनुपर्ने तर जानकारी नआएकाले यो पुरानै पोष्ट भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ