काठमाडौं, वैशाख २०।
पढाई नियमित हुनपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका विद्यार्थीले विभागीय प्रमुखसहितका प्राध्यापकलाई थुनेका छन् ।
विभागीय प्रमुख कृष्णप्रसाद आचार्यसहित २५ जना प्राध्यापकलाई विभागीय प्रमुखकै कार्यकक्षमा दिउँसोदेखि थुनेर राखेका हुन् । करार हुनुपर्ने माग गर्दै आंशिक प्राध्यापक संघले वैशाख १६ गतेदेखि विश्वविद्यालयमा पढाउन छाडेका छन् । तर विद्यार्थीहरुले भने कक्षा नियमित हुनुपर्ने भन्दै बिहीबार विभागीय प्रमुखसहितका प्राध्यापकलाई थुनेका हुन् ।
‘बाहिर धेरै पुलिस पनि आएकाे भएपनि अहिलेसम्म ताला नखोलेकाले २ जना आंशिक प्राध्यापक सही झण्डै २५ जना कोठमा थुनिएर बसेका छौँ, कतिखेर ताला खुल्ने हो थाहा छैन ।’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline