विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन पत्रकार प्रकाश डुम्रेलाई अदालतले दियो सफाई

विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन पत्रकार प्रकाश डुम्रेलाई अदालतले दियो सफाई

  • बिहिबार, बैशाख २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ,२० वैशाख ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका सन्दर्भमा पक्राउ परि अदालतमा मुद्दा खेपिरहेका पत्रकार प्रकाश डुम्रेलाई बुधवार रुपन्देही जिल्ला अदालतले सफाई दिएको छ ।
पत्रकार डुम्रे गत निर्वाचनमा २७ दिन लामो हिरासत बसाई पछि अदालतले साधारण तारेखमा छाडेका थियो । डुम्रेको रिहाइको माग गर्दै देशभरका पत्रकारहरु अान्दोलनमा समेत उत्रेका थिए ।
पत्रकार डुम्रे एकदर्जन बढि मिडियामा अाबद्द छन । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजालसले बुधवार गरेको फैसलापछि उहाँहरुलाई सफाई दिएको हो । सफाई पाउनेहरुमा नेकपा पाल्पाका इन्चार्ज सामना विक, सेक्रेटरी भुवन जीसी, र सोही मुद्दामा प्रतिवादी बनाइएका नेकपा रुपन्देहीका सेक्रेटरी अमर आरसी र पत्रकार शिव डुम्रेलाई पनि सफाई दिएको छ ।
२०७४ मंसिर ४ गते बुटवल गोलपार्कमा शंकास्पद बस्तु फेला परेपछि त्यसको आशंकामा गिरफ्तार भएका नेताद्धय सामना र भुवन जीसीलाई जिल्ला अदालतको पुस २ गतेको आदेशपछि सामान्य तारेखमा रिहा गरेको थियो भने बुटवलमा एमालेको चुनावी पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार भई मुद्दा खेपिरहेका पत्रकार प्रकाश डुम्रेलाई पनि अदालतले सोही दिन तारेखमा रिहा गरेको थियो ।
बुधवार जिल्ला अदालत भैरहवामा भएको सुनुवाईमा वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला र प्रतिवादीहरुको तर्फबाट अधिवक्ताद्धय ज्ञानु केसी र ओमप्रसाद पंगेनीले बहस गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ