प्रेस स्वतन्त्रता हनन्का घटना रोकिएनन्, पत्रकारहरुलाई हिंसाको निशाना नबनाउ एम्नेस्टी

प्रेस स्वतन्त्रता हनन्का घटना रोकिएनन्, पत्रकारहरुलाई हिंसाको निशाना नबनाउ एम्नेस्टी

  • बिहिबार, बैशाख २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, बैशाख २० ।
एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा प्रेस स्वतन्त्रता हनन्का घटना नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

एम्नेस्टीले राजधानीको शान्तिबाटिकामा पत्रकारको समर्थनमा सार्वजनिक कार्यक्रम गरी पेशागत धर्म निर्वाह गर्दा पत्रकारहरुलाई कुनै हिंसाको निशाना बनाइन नहुने जनाएको छ ।

पत्रकारको सुरक्षा तथा प्रेस स्वतन्त्रताको सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व भएको भन्दै एम्नेस्टीले राज्यको ध्यानाकर्षण गराएको हो ।

पत्रकारहरु अहिले पनि राज्यबाटै असुरक्षित रहेको भन्दै एम्नेस्टीले स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने अधिकार कुण्ठित नर्गन माग गरेको छ ।

एम्नेस्टी इन्टरनेसनल नेपाल च्याप्टरका अध्यक्ष राजन कुईंकेलले प्रेसमाथि हस्तक्षेप नगर्न र मानव अधिकारको रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ । कार्यक्रममा मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरु सहभागी थिए ।

यस्तेैै जिल्ला अदालत मोरङमा प्रहरीद्वारा पत्रकारमाथि भएको आक्रमणको पत्रकार महासंघ मोरङ शाखाले विरोध गरेको छ ।
३३ किलो सुन तस्करी र हत्याका सम्बन्धमा अभियुक्तहरुलाई प्रहरीले अदालतमा बुझाउने प्रक्रियाको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि हिजो साँझ आक्रमण भएको थियो ।

सो प्रकरणमा मुछिएका नेपाल प्रहरीका निलम्बित एसएसपी दिवेश लोहनीले अदालत परिसरभित्रै महासंघ शाखाका सल्लाहकार अनन्तराज न्यौपाने, शाखा सदस्य ध्रुव भट्टराई, अनिल श्रेष्ठ र सुमन सुस्केरालगायत पत्रकारलाई अश्लील गाली गर्दै लात्तीले प्रहार गरेका थिए ।

गम्भीर अपराध घटनामा मुछिएका अभियुक्तले अदालत परिसरभित्रै पत्रकारमाथि गरेको दुव्र्यबहार र आक्रमणको प्रयास प्रेस स्वतन्त्रतामाथिको हमला भएको महासंघले विज्ञप्ति जारी गरी जनाएको छ ।

घटनाको निन्दा गर्दै स्वतन्त्रतापूर्वक समाचार संकलन र संप्रेषणको वातावरण तयार गर्न तथा सञ्चारकर्मीमाथि आक्रमण गर्ने अभियुक्तमाथि कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ