ओली–मोदीले सँगै १ घण्टा पूजा गर्ने

ओली–मोदीले सँगै १ घण्टा पूजा गर्ने

  • बिहिबार, बैशाख २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डाै,   २० वैशाख।

नेपालकाे भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर जाने भएका छन् ।

ओली र मोदीले जानकी मन्दिरमा सँगै पूजाआजा गर्ने कार्यक्रमसमेत तय गरिएको छ । पूजाको समय करिब १ घण्टा तोकिएको छ ।

ओलीको साथमा रक्षामन्त्री ईश्वर पोखरेल पनि जनकपुर जानेछन् । पूजा पछि ओली काठमाण्डु फर्कनेछन् भने पोखरेल मोदीसँगै जनकपुरमा रहने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालय स्रोतले काठमाण्डु टुडेलाई जानकारी दियो ।

मोदीको वैशाख २८ गतेदेखि हुने नेपाल भ्रमणलाई लिएर सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ