नेतन्याहु एक ‘ धोखेवाज’ भएको इरानको भनाई

 नेतन्याहु एक ‘ धोखेवाज’ भएको इरानको भनाई

  • मङ्लबार, बैशाख १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गोप्य इरानी आणविक कार्यक्रम सम्बन्धमा ‘धोखेवाज’ भएको इरानले मङ्गलबार बताएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घसेमीले इजरायलद्वारा तेहरानले आणविक महत्वकाङक्षाबारे लगाएको आरोप ‘मिथ्या,पूरानो, काम नलाग्ने र लाजमर्दो’ भनाई भएको दावी गर्नुभयो ।

नेतन्याहुको आलोचना निराश तथा कुख्यात झुटले बोल्ने अभिव्यक्ति भन्दा फरक नभएको धारणा घसेमीको थियो । नेतन्याहुले झूट र धुर्त कुराभन्दा केही नबोल्ने घसेमीको दावी रहेको छ ।

“नेतन्याहु र एउटा बालकको हत्या गर्ने यहुदी शासक दुवैको आधारभूत बुझाईमा विश्वभरका मानिसमा प्रशस्त जागरूकता र सावधानी रहेको छ भन्ने रहेको छ,” इरानी विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो ।

नेतन्याहुले सोमबार एक टेलिभिजनमार्फत प्रशारण गरिएको कुराकानीमा इरानसँग कुनै पनि समय सक्रिय गर्नसक्ने आणविक हतियार कार्यक्रम रहेको आफूसँग ‘प्रमाण’ रहेको बताउनुभएको थियो ।

तर उहाँले सन् २०१५ मा इरान र विश्वका शक्ति राष्ट्रले गरेको आणविक सम्झौतापछि पनि आणविक हतियारको निर्माण गरेका विश्वासलाग्दा तथ्य भने दिनसक्नुभएको थिएन । नेतन्याहुको आरोप अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने वा नबाहिरिने भन्ने बिषयमा चर्चा चलिरहेका समय आएको हो ।

इरानले आणविक हतियार कार्यक्रमको निरन्तरता चाहिरहेको भन्ने आरोपको खण्डन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ