काबुल हमलामा मारिनेमा पाँचजना पत्रकार सहित २५ 

काबुल हमलामा मारिनेमा पाँचजना पत्रकार सहित २५ 

  • सोमवार, बैशाख १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

 

काबुल, १७ वैशाख ।  अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेमा पाँचजना पत्रकार परेका छन् ।

उक्त हमलामा परी मारिनेको संख्या २५ पुगेको छ । अरु दर्जनौँ व्यक्ति घाइते छन् । घाइतेहरुको उपचार जारी छ ।

मध्य काबुलको एक जिल्लामा भएको आत्मघाती बम हमलामा परी पाँचजना पत्रकारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

सो जानकारीअनुसार सोमबार बिहान दुई वटा आत्मघाती विस्फोट भएका थिए । ती विस्फोटमा परी पाँचजना पत्रकार मारिएका छन् ।

उनीहरुको पहिचान खुलेको छैन । तर एकजना भने फोटो पत्रकार रहेका छन् । सोमबार बिहानको उक्त आत्मघाती विस्फोट कसले र किन गराएको भन्ने बारेमा अझै खुलेको छैन ।

अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ । यस आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन ।

मारिनेमा के कतिजना सर्वसाधारण र कतिजना अफगानिस्तानको अर्धसैन्य बलका सदस्य कति परे भन्ने बारेमा भने केही जानकारी गराइएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ