पौडेलले बैठक स्थगित गराएरै छाडे

पौडेलले बैठक स्थगित गराएरै छाडे

  • सोमवार, बैशाख १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

नेपाल कांग्रेसको पदाधिकारी चुन्नका लागि आज सोमबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पौडेल समूहले बहिस्कार गर्ने  चेतावनी दिएपछि बैठक २१ गतेसम्मको लागि बैठक स्थगित भएको हो ।

पदाधिकारी चयन गर्न आवश्यक परामर्शको लागि बैठक स्थगित गरिएको कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । उनले वैशाख २१ गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए । कांग्रेसको महाधिवेशन भएको दुई वर्ष वितिसक्दा पनि पदाधिकारीको चयन हुन सकेको छैन ।

कांग्रेसको विधानमा महाधिवशन सकिएको २ महिनाभित्र पदाधिकारी चयन गरिसक्नु पर्ने व्यवस्था छ । विधानमा पार्टी सभापतिले एक उपसभापति , एक महामन्त्री , दुई जना सहमहामन्त्री र एक प्रवक्ता मनोनयन गर्ने व्यवस्था छ ।सभापति शेरबहादुर देउवाले  दुई महिना अघि  विश्वप्रकाश शर्मालाई प्रवक्तामा मनोनयन गरेका छन् तर उपसभापति , महामन्त्री र सहमहामन्त्री  भने मनोनयन गर्न सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ