किरात जातिले आज उभौलि पर्व मनाउदै

किरात जातिले आज उभौलि पर्व मनाउदै

  • सोमवार, बैशाख १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

काठमाडौं, वैशाख १७ ।
प्रकृतिकपूजक किरात जातिले आज उभौली पर्व मनाउदै छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किराती रितिअनुसार किरात जातिले भव्य रूपमा भूमिपूजा गरी उभौली चाड चण्डी नाच नाच्दै एक महिनासम्म मनाउने गर्दछन् ।

किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाच्ने गरिन्छ भने नाचमार्फत् प्रकृतिको आराधना गर्ने गरिन्छ ।

चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भन्ने गरिन्छ । यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन पनि मानिन्छ ।

उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ । किरात जातिले वैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म यो पर्व मनाउने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ