काठमाडौँ, वैशाख १६।
आज विश्व नृत्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजान गरि मनाइदै छ ।
अन्तर्रा्ष्ट्रिय तथा विश्व नृत्य दिवस अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखको दिनमा विश्वभर विभिन्न कार्यक्रम गरि मनाइने गरिन्छ ।
नृत्यकलालाई उचित सम्मान, त्यसप्रति मानिसको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्नुका साथै विविध नृत्यकला प्रदर्शन गरी यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएको नृत्य निर्देशक सङ्घका उपाध्यक्ष सञ्जय राजोपाध्यायले जानकारी दिनुभयो ।
उहाँले लोकनृत्यलाई जात्रा पर्वको नृत्य नभई यसलाई पनि पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनु भयो । नवदुर्गा, चर्या, लाखे, धिमे, तामाङ शेलो जस्ता लोकनृत्यलाई विकास गर्नुपर्ने पनि उहाँले जोड दिनुभयो ।
यस्तै अभिनेत्री तथा नृत्याङ्गना मिथिला शर्माले नृत्य कला मात्र नभएर स्वास्थ्यको हिसाबले पनि राम्रो रहेकाले सबै व्यक्तिले नृत्य गर्नु पर्नेमा जोड दिनुभयो ।