देउवाले हारको जिम्मेवारी लिन नमान्दा लफडा

देउवाले हारको जिम्मेवारी लिन नमान्दा लफडा

  • शनिबार, बैशाख १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

सभापति शेरबहादुर देउवाले निर्वाचनमा पराजयको जिम्मेवारी लिन अस्वीकार गरेपछि नेपाली कांग्रेस लफडामा फसेको छ । जसका कारण जारी केन्द्रीय समितिको बैठक शनिबार बस्न सकेन ।

पार्टीको हारको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद चर्किएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक बैठक शनिबार बस्न नसकेको हो ।

एक महिनादेखि जारी बैठकमा सभापति देउवाको रवैयाका कारण चुनावमा हार्नुपरेको बताउँदै त्यसको जिम्मेवारी र दोष सभापति देउवाले लिनुपर्ने बताएका थिए ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टीको आन्तरिक तयारी भन्दै राति ८ बजेसम्म पनि बस्न नसकेको हो । केन्द्रीय समितिको अनौपचारिक बैठक जारी रहेको अवस्थामा बैठकका क्रममा उठेका विषयवस्तुलाई सम्बोधन गर्नेबारे शीर्ष नेता परामर्शमा जुटेका छन् ।

पार्टीका आन्तरिक विषयको सम्बोधन र आगामी कार्यक्रम तय गर्नका लागि केन्द्रीय समितिको अनौपचारिक बैठक बसिरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

शनिबारको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समीक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले जवाफ दिएपछि बैठक सक्ने कांग्रेसको तयारी थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ