नचलाइएका उद्योग राष्ट्रियकरण गर्छौ : मन्त्री यादव

नचलाइएका उद्योग राष्ट्रियकरण गर्छौ : मन्त्री यादव

  • शनिबार, बैशाख १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

 

चितवन १५ वैशाख  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, “जतिपनि उद्योगधन्दा निजी क्षेत्रलाई दिइएको छ, तिनीहरुको रिपोट तयार गर्दैछौं ।”
उहाँले थप्नुभयो, “जतिले चलाएको छ उनीहरुलाई सहयोग गर्छौ जसले चलाएको छैन तिनीहरुको बारेमा ठोस् निर्णय गर्छौ त्यो राष्ट्रियकरण हो ।” सरकारले निजीकरण गरेका कतिपय उद्योग चलाउन भन्दा पनि व्यापार भइरहेको भन्दै उहाँले भन्नुभयो, “साइनबोड झुड्याउने, त्यसको नाममा व्यापार गर्ने ।” विगतमा राष्ट्रिय उद्योग धन्दा बेचेर खाने प्रचलन बढेको भन्दै उहाँले भन्नुभयो, “त्यसलाई विकास गर्ने, चलाउने भन्दा पनि बेचेर खाने गरियो, नेतालाई पनि कमिसन आउँछ मिहेनत नै गर्नुपर्दैन, बेचेपछि कमिसन आइहाल्छ ।” खुल्ला बजार र निजीकरण, उदारीकरणको गलत प्रयोग भएको भन्दै उहाँले धरातलमा टेकेर प्रयोग नभएको विचार व्यक्त गर्नुभयो ।

उहाँले सरकारी धन देखेपछि जस्ले पनि लुट्न खोज्ने भन्दै अलिकति खाइहालांै भन्ने मानसिकता हामी सबैमा भएकाले उद्योग फस्टाउन नसकेको बताउनुभयो ।

सरकारले केही नयाँ उद्योग शुरु गर्ने भन्दै त्यसमा आम जनता र विदेशीको पनि लगानी हुनसक्ने उहाँले बताउनुभयो । निकट भविष्यमै फलामको उद्योग शुरु गर्ने भन्दै उहाँले अन्य उद्योग क्रमश थप्दै लगिने बताउनुभयो । अर्को एक प्रसंगमा जनताको जनादेश पार्टी एकता भएकाले नेकपा एमाले र माओवादी बीचको एकता आवश्यक रहेको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी