गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

  • शनिबार, बैशाख १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भैरहवा, वैशाख १५ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ ।

२५६२औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा बौद्ध सम्मेलनमा भाग लिन विभिन्न देशका बौद्ध विद्वान लुम्बिनी आइपुगेको लुम्बिनी विकास कोषका सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए ।

सम्मेलनमा १६ जना राष्ट्रिय र १६ अन्तर्राष्ट्रिय गरी ३२ जनाले १३ ओटा विभिन्न उपशीर्षकमा बौद्धसँग सम्बन्धित कार्यपत्र प्रस्तुत् गर्ने तयारी छ ।

सम्मेलनपछि प्रस्तुत् कार्यपत्रहरुको निष्कर्षका आधारमा आइतबार लुम्बिनी सम्मेलन घोषणापत्र जारी गरिने जनाइएको छ ।

बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका पुरातात्विक तथा धार्मिकस्थल र बुद्धको शिक्षालाई प्रचार–प्रसार गरी जनताको कल्याण गर्ने तथा आपसी सद्भाव बढाउनेलगायत उद्देश्यले सम्मेलन आयोजना गरिएको कोषका उपाध्यक्ष अवेधशकुमार त्रिपाठीले बताए ।

सम्मेलन र बुद्धजयन्तीको कार्यक्रम आयोजना गर्नका लागि कोषको आन्तरिक बजेटबाट ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सम्मेलनमा अमेरिका, थाइल्यान्ड, भारत, चीन, श्रीलंका, कोरिया, मलेसियालगायतका देशका प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ