ग्यास बुलेट त्रिशुलीमा खस्यो, चालकको मृत्यु

ग्यास बुलेट त्रिशुलीमा खस्यो, चालकको मृत्यु

  • शुक्रबार, बैशाख १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ १४ वैशाख ।
पृथ्वीराजमार्ग स्थित धादिङको गजुरी–२ मलेखु फुर्केखोला नजिकै ग्यास बोकेको वुलेट आज बिहान त्रिशुली नदीमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

नौबिसेतर्फ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस वुलेट पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको गजुरी स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए । अनियन्त्रित भई ग्यास बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

त्यस्तै वीरगंजबाट स्काभेटर बोकेर काठमाडौं जादैं गरेको ना ६ ख ४२९ नम्बरको ट्रेलर पृथ्वी राजमार्गको थाँक्रेमा पल्टिदाँ ३ जना घाइते भएको गल्छी प्रहरी चौकीका सहायक निरीक्षक नरोत्तम थापाले बताए ।

आज बिहान पौने ३ बजे भएको दुर्घटनामा चालक वारा निजगढ घर भएका ३१ वर्षीय विष्णु तामाङ्ग २१ वर्षीय शरद श्रेष्ठ, १७ वर्षीय प्रविण श्रेष्ठ घाइते छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ