काठमाडौँ ।
एमाले सांसद तथा अनेरास्ववियु अध्यक्ष नविना लामाले विवाह खर्च कटाएर मृगौला बिरामीलाई १ लाख ५१ हजार रुपैयाँ प्रदान गर्नुभएकाे छ ।
दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचारार्थ अनेरास्ववियु पाल्पाका अध्यक्ष २५ वर्षीय प्रेम बगालेलाई उक्त रकम हस्तान्तरण गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयाे ।
अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग बिहीबारमात्रै नविनाले विवाह गर्नुभएकाे हाे । विवाह समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत हजारौं नेता, कार्यकर्ता र शुभेच्छुकको उपस्थिति थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline