महिला संघकी महासचिव धिरेन्द्रा गिरफ्तार

महिला संघकी महासचिव धिरेन्द्रा गिरफ्तार

  • बिहिबार, बैशाख १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाणडौ, १३ वैशाख ।

नेपाल कम्युनिस्ट पार्टीको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्ययलाई प्रहरीले पक्राउ काठमाडाैंबाट पक्राउ गरेको छ ।

उपाध्यायलाई बिहिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको सो संगठनले जनाएको छ । तर पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन ।

त्यसेगरी काठमाडाेैंबाट अखिल क्रान्तिकारीका पूर्व नेता सफल अधिकारीलार्इ पनि प्रहरीले पक्राउ गरेकाे छ । यस्तै युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई ‘विवस’लाइ पनि अाजै गिरफ्तार गरेकाे छ ।  नेकपा श्रोतले राजनैतिक आस्थाकै आधारमा यी नेताहरूलार्इ प्रशासनले पक्राउ गरेको बताएको छ ।

हिजाे बुधबार मात्र प्रहरीले ललितपुर सेक्रेटरी र अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीलगायतलार्इ उपत्यकाका विभिन्न स्थानबाट प्रकाउ गरेकाे थियाे ।

बुधबार विहानै नेकपाका ललितपुर सेक्रेटरी विपिन शर्मासहित दुर्इजना र मकवानपुरका सेक्रेटरी रामबहादुर घलान वाटरलार्इ शान्तिपूर्ण रूपमा हिडिरहेकाे बेला गिरफ्तार गरेकाे  थियाे।

हिजै काठमाडाैं बागबजारबाट अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीलगायत ३ जनालार्इ प्रहरीले गिरफ्तार गरेकाे  थियाे ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी उपत्यका बिशेष ब्युरोले प्रहरीले आफ्नो पार्टीका नेता कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको छ ।

उपत्यका बिशेष ब्यूरोका इन्चार्ज प्रज्वलले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी सरकारले गैर न्यायीक तरिकाले धरपकट एवं राज्य आतंक मच्चाएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ