काठमाडौं, बैशाख १३ ।
नेपाल कम्युनिष्ट पार्टी निकट संयुक्त उद्योग वाणिज्य महासंघका सम्मेलन आयोजक समितिका संयोजक युवराज पराजुली, उपत्यका संयोजक मोहन सिवाकोटी र काठमाण्डौ जिल्ला समितिका संयोजक सुरेन्द्र श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ ।
गत बैशाख ११ गते संयोजक पराजुलीलाई आफ्नै निवास गुह्येश्वरीबाट , सिवाकोटीलाई लगनखेल र श्रेष्ठलाई आफ्नै व्यावसाय संञ्चालन गरिरहेको अवस्थामा गौशालाबाट प्रहरीले गिरफ्तार गरेको हो ।
यसैबीच महासंघले बिनाकारण गिरफतार गरीएका आफना नेता तथा कार्यकतालाई तत्काल रिह गर्न माग गरेको छ ।
महासंघका महासचिव बादल शर्माले आज विज्ञप्ति जारी गर्दै विना बर्दी आएका प्रहरीले गुण्डागर्दि र अपहरण शैलीबाट आफना नेता तथा कार्यकर्ता माथि धरपकड गरी गिरफ्तार गरेको भन्दै घोर भत्सना गरेको छ ।
विचार र आस्थाकै आधारमा धरपकड, र गिरफ्तारीले वर्तमान लोकतान्त्रिक शासनको धज्जि उडाउने र कानुनी राज्य र संघीय लोकतान्त्रिक , गणतान्त्रिक व्यावस्था कै खिल्लि उडाएको आभास भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
साथै विज्ञप्तिमार्फत महासंघको मातहतमा रहेका सबै पेशागत संघहरु, जिल्ला संघ, आम उद्योगि व्यावसायीलाई संयमित हुँन आग्रह गर्दै बिना कारण गिरफ्तार गरिएका आफना संगठनका नेता कार्यकर्ताहरुलाई यथासिघ्र बिना शर्त रिहाई गर्न पनि माग गरिएको छ ।
गिरफ्तार गरिएका नेता कार्यकर्ता रिहा नगरि जालझेल, षड्यन्त्र गरेर झुठा मुद्धामा फसाउने कोसिश गरेमा महासंघ त्यसका बिरुद्ध ससक्त संघर्षको कार्यक्रम घोषणा गरी सडकमा उत्रन बाध्य हुने चेतावनी पनि महासचिव शर्माले दिनुभएके छ ।
उक्त संघर्षबाट उत्पन्न परिणामको जिम्मा स्वयम सरकारले लिन पर्ने महासंघले जनाएको छ । 