क्रान्तिकारी पत्रकार संगठन नेपाल ताप्लेजुङको अध्यक्षमा लाम्गादे,बैज्ञानिक समाजवादी व्यवस्थाकोे लागि कठोर हुन तयारः लिम्बू

क्रान्तिकारी पत्रकार संगठन नेपाल ताप्लेजुङको अध्यक्षमा लाम्गादे,बैज्ञानिक समाजवादी व्यवस्थाकोे लागि कठोर हुन तयारः लिम्बू

  • बुधबार, बैशाख १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

१२ बैशाख, ताप्लेजुङ ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल, ताप्लेजुङको दोश्रो जिल्ला अधिबेशन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आलोक माबोहाङ लिम्बूले समाजवादी व्यवस्थाको लागि जस्तोसुकै चुनौति सामना गर्न तयार रहेको बताए ।
बुधबार सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट कमल लामगादे अध्यक्षमा सर्बसहमतिबाट चयन भएका छन् । संगठनको दोश्रो जिल्ला अधिबेशनले लाम्गादेको नेतृत्वमा १३ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको हो । उपाध्यक्ष प्रमिला लिम्बू, सचिब राजिव माबोहाङ, सहसचिब तेज बराईली, कोषाध्यक्ष प्रिसा बस्नेत रहेका छन् ।
दोश्रो जिल्ला अधिवेशनलाई समुद्घाटन गर्दै, संगठनका केन्द्रीय सदस्य आलोक माबोहाङ लिम्बूले दलाल र पूर्वाग्रहि पत्रकारिताको भण्डाफोर गर्ने बताए । लिम्बूले क्रान्तिकारी पत्रकार संगठनले बैचारिक दर्शनमा आधारित श्रमजिवी पत्रकारिताको नेतृत्व गर्ने बताए । नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था नभएसम्म जनपक्षीय पत्रकारिताको संभावना नभएको बताए । कार्यक्रममा बोल्दै उनले भने ‘नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि कठिन र सरल जुनसुकै किसिमको चुनौतिको सामना गर्न क्रान्तिकारी पत्रकार संगठन तयार छ’ ।
व्यवसायिक पत्रकारिताको नाममा दलाल प्रबृत्तिको पत्रकारितालाई जरैबाट समाप्त गर्नेमा संगठनले जोड दिने केन्द्रीय सदस्य लिम्बूले बताए । नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनमा ३ दलीय सिण्डिकेटको बिरोध गरे । कुनै पनि हालतमा सिण्डिकेट कायम रहे आन्दोलनको बिकल्प नहुने बताए ।
शुभकामना मन्तब्य राख्दै प्रेस चौतारीका अम्बिका हाङ्बाङ र पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङ कार्यबाहाक अध्यक्ष प्रयास लिम्बूले क्रान्तिकारी पत्रकार संगठनले प्रगतिशिल पत्रकारिता गर्नेमा आफुहरु विश्वस्त रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता राकेश दाहालले सत्यतथ्यमा आधारित पत्रकारिताको अपेक्षा राखे । राज्यले पत्रकारलाई राज्यको चौँथो अंग भनिए पनि राजनीतिक आस्थाकै कारण ठाउँठाउँबाट पत्रकारमाथि ज्यादती, धडपकड, गिरफ्तारी गरेको प्रति आपत्ति जनाए ।
जिल्ला संगठन समिति आगामि ३ वर्षको लागि चयन भएको हो । क्रान्तिकारी पत्रकार संगठन नेपालको दोश्रो केन्द्रीय महाधिवेशन आगामी बैशाख १५ र १६ गते काठमाण्डौंमा हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ