अब उपत्यकाको ६ ठाउँबाट पुलिस रिपोर्ट लिन पाइनेः कहाँ कहाँ बाट लिन सकिन्छ ?

अब उपत्यकाको ६ ठाउँबाट पुलिस रिपोर्ट लिन पाइनेः कहाँ कहाँ बाट लिन सकिन्छ ?

  • बुधबार, बैशाख १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, वैशाख १२ ।अबदेखि नेपाल प्रहरीबाट लिईने चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) उपत्यकाको ६ स्थानबाट पाईने भएको छ ।

विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई प्रहरीले मंगलबारदेखि दुई स्थानमा थप गरेको हो ।

उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रदान गर्दै आएकामा महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटी थप गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले जानकारी दिनुभयो ।
सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि प्रहरी रिपोर्ट दिने स्थान बढाएको नेउपानेले बताउनुभयो ।
यस्तै प्रहरीले उपत्यका बाहिर १ नं प्रदेश कार्यालय विराटनगर, ३ नं प्रदेश कार्यालय हेटौँडा, ४ नं प्रदेश कार्यालय पोखरा, संघीय प्रहरी इकाइ कार्यालय भेरी र संघीय प्रहरी इकाइ कार्यालय सेतीबाट सेवा दिँदै आएको छ । विदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको policereport@nepalpolice.gov.npमा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ