अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाइने, एक बर्ष भित्र नफर्किए कारवाही हुने

अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाइने, एक बर्ष भित्र नफर्किए कारवाही हुने

  • बुधबार, बैशाख १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी, वैशाख १२ ।
अमेरिकाको प्रशासनले ९ हजार नेपालीलाई स्वदेश फिर्ता पठाउने तयारी गरेको छ । उनीहरुलाई अस्थायी रुपमा बस्न दिइएको अनुमति रद्द गरी स्वदेश फर्काउने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अस्थायी रुपमा बस्दै आएका आप्रवासीहरुका बारेमा नयाँ नीति तर्जुमा गर्दै आप्रवासीहरुको संख्या कटौती गर्न लाग्नुभएको हो ।
अमेरीकामा रहेका नेपालीलाई स्वदेश फर्कन एक वर्षको समयावधि दिइने वासिंटन पोस्टले जनाएको छ ।
सन् २०१९ जुन २४ सम्ममा पनि स्वदेश नफर्किएमा प्रशासनले कारवाही गरी फर्काइदिनेछ ।
अमेरिकाले नेपाल लगायत केही मुलुकका नागरिकका लागि अस्थायी आवासीय सुविधा दिदैं आएको थियो ।
हालै अमेरिकाले साल्भाडोरका २ लाख, हाइटीका ५० हजार र निकारागुवा तथा सुडानका सानो संख्यामा आप्रवासीहरुलाई अस्थायी आवासीय अनुमति रद्द गरेको थियो ।
आप्रवासीहरुलाई दिर्घकालसम्म अमेरिकामा बस्ने सुविधाका लागि त्यस्तो अनुमति नदिएको ट्रम्प प्रशासनले जनाएको छ ।
त्यसैले आवश्यकता अनुसार सरकारले उक्त नीतिमा पुनरावलोकन गरेको अधिकारीहरुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ