एमाले नेता नेपालको दाबी: मदन भण्डारीको हत्या भएको हो

एमाले नेता नेपालको दाबी: मदन भण्डारीको हत्या भएको हो

  • बुधबार, बैशाख १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, १२ वैशाख ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले मदन भण्डारीको मृत्यु दुर्घटना नभएर हत्या भएको दावी गर्नुभएको छ ।

मंगलबार काठमाण्डौको सुविधानगरमा मदन भण्डारी स्मृति वाटिका र शालिक अनावरणको क्रममा नेता नेपालले भण्डारीको हत्या भएको बताए पनि भण्डारीको हत्या कसले ग(यो भन्नेबारे भने केही खुलाउनु भएन ।

३ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको बासटिकामा मदन भण्डारीको शालिकनिर्माण गरिएको छ ।

सालिक लक्ष्मण भुजेलले बनाएका हुन् भने वाटिका काठमाडौ महानगरपालिका र काठमाडौ नगर विसका प्राधिकरणको संयुक्त लगानीमा बनाइएको हो ।

भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ