भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनेको खुलासा, आरोपि रफीक पक्राउ

भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनेको खुलासा, आरोपि रफीक पक्राउ

  • मङ्लबार, बैशाख ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

एजेन्सी,वैशाख ११ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र भइरहेको खुलासा भएको छ ।
मोदिको हत्या गर्ने योजना बनाएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेसँगै उक्त खुलासा भएको हो ।

तामिलनाडु प्रहरीले मंगलबार मोदिको हत्याको रचना गर्ने सन् १९९८ मा कोयम्बटूरमा गराइएको बम विस्फोटमा दोषी ठहरिएका मोहम्मद रफीकलाई पक्राउ गरेको हो । उनलाई गिरफ्तारपछि १५ दिनको न्यायिक हिरासतमा राखिएको छ । उनले सन् १९९८ म भएको बम विस्फोटको मुद्धामा पाएको सजाय पूरा गरिसकेका छन् ।

आरोपी मोहम्मद रफीकको टेलिफोन रेकर्डिङ प्रहरीले फेला पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
जसमा रफीकले प्रकाश नाम गरेका व्यापारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना बनाएको कुरा भएको प्रहरीले जनाएको छ ।

रफीकले प्रकाशसँग गरेको कुराकानी सामाजिक सञ्जालमा पनि बाहिरिएको छ । रफीकले आफ्नो योजना सुनाउँदै प्रकाशसँग भनेका छन्, ‘मैले प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने निर्णय लिएको छु । मैले नै कोयम्बटूर भ्रमणमा रहेका बेला बीजेपी नेता लालकृष्ण आडवाणीलाई लक्षित गरेर बम विस्फोट गराएको थिएँ ।’ तामिलनाडुको कोयम्बटूरमा भएको बम विस्फोटमा ५८ जनाको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ