लोकतान्त्रिक जनआन्दोलन सफल भएको १२ वर्ष पूरा

लोकतान्त्रिक जनआन्दोलन सफल भएको १२ वर्ष पूरा

  • मङ्लबार, बैशाख ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौ, ११ वैशाख ।
आज लोकतन्त्र दिवस, दशवर्षे सशस्त्र जनयुद्धपछि २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलन सफल भएको आज १२ वर्ष पूरा भएको छ ।

१९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज विविध कार्यक्रम हुदैछ । निरंकुश राजतन्त्रको विरुद्ध २०६२ साल चैत २६ गतेदेखि २०६३ साल वैशाख ११ गते आन्दोलन भएको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गर्दै सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि सात दलले विघटित प्रतिनिधि सभा पुनःस्थापित गर्न माग गर्दै सडक आन्दोलन सुरु गरेका थिए ।

राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लादेपछि विपरीत ध्रुवमा रहेका संसदवादी सात राजनीतिक दल र तत्कालिन माओवादीबीच दिल्लीमा १२ बुदे सम्झौता भएपछि एउटै विन्दुमा उभिएर लोकतान्त्रिक आन्दोलन सुरु भएको थियो ।

जनआन्दोलनकै दवावमा २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

जनआन्दोलनमा कमाण्डर समेत रहेका नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।

जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवन बलिदान दिए भने थुप्रै घाइते भए । यस अवधिमा जनताका केही राजनीतिक माग पूरा भएपनि जनजीविकाका मुद्दा भने अझै सम्बोधन हुन नसकेको भन्दै अलोचन हुदै आएको छ ।

पहिलो संविधान सभा असफल भएपछि दोस्रो संविधान सभाबाट मुलुकमा नयाँ संविधान जारी गर्दै कार्यान्वयनमा आइसकेको छ । स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन भएका छन् भने नयाँ जनप्रतिनिधिले काम शुरु गरिसँगै मुलुक संघिय संरचनामा गइसकेको छ ।

तर, सशस्त्र द्धन्द्धका समय वेपत्ता पारिएका व्यक्तिको खोजबिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गठन गरिएपनि त्यसले सन्तोषजनक रुपमा काम गर्न सकेन ।

यी दुई आयोगले पटक पटक म्याद थप गर्नु बाहेक पिडितको पक्षमा कुनै काम गर्न सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि महँगी, अभाव, बेरोजगारी जस्ता मुद्दा अथावत नै रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ