विवाह समारोहमा आक्रमण, ४० जनाको मृत्यु

विवाह समारोहमा आक्रमण, ४० जनाको मृत्यु

  • सोमवार, बैशाख १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

 

साना, १० वैशाख । 

यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

“अहिले घटनामा परी मृत्यु हुने र घाइते हुनेहरुको यकिन विवरण आइसकेको छैन्, प्रारम्भिक विवरणअनुसार कम्तीमा ४० जना हताहत भएका छन्,” एक जना उच्च स्वास्थ्य अधिकारी मोहम्मद अल अस्वालले सिन्ह्वासँग टेलिफोनमार्फत भन्नुभयो ।

उहाँले थप्नुभयो, “तीमध्ये केहीको मृत्यु र केही घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।” एकजना सुरक्षा अधिकारीका अनुसार लडाकू विमानबाट वैवाहिक समारोहमा दुई वटा बम खसालिएको थियो । घटना बानी कास जिल्लाको अल्राका गाउँमा भएको हो ।

बम विस्फोटनमा परी वैवाहिक समारोहनजिकै रहेका घर, सवारी साधनलगायत नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यमनमा गत तीन वर्षदेखि हुथी विद्रोही समूह र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा भिडन्त हुँदै आएको छ ।

गठबन्धन सेनाले गत शुक्रबार पनि दक्षिणपश्चिमी ताइज प्रान्तमा हवाई आक्रमण गरेको थियो । घटनामा परी कम्तीमा १७ जना मारिएका थिए । चर्चित स्थानीय बजारबाट घर फर्किँदै गरेका यात्रु चढेको सार्वजनिक दुईवटा सवारी साधनमा आक्रमण हँुदा उनीहरको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

यमनमा अहिले चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म झण्डै दश हजार यमनी नागरिक मारिएका छन्, भने लाखांै विस्थापित भएका छन् । मानवीय संकटको दृष्टिकोणले अहिले यमन विश्वकै द्वन्द्वग्रस्त क्षेत्रमा देशहरुको सूचीमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ