नेपाल–भारत सीमामा पर्खाल लगाउन र भ्रष्टाचारी, बलात्कारीलाई मृत्युदण्डको व्यावस्था गर्न सरकारसँग किराँतीको माग

नेपाल–भारत सीमामा पर्खाल लगाउन र भ्रष्टाचारी, बलात्कारीलाई मृत्युदण्डको व्यावस्था गर्न सरकारसँग किराँतीको माग

  • सोमवार, बैशाख १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौ, १० वैशाख ।
नेकपा माओवादी केन्द्रबाट अलग भएका गोपाल किराँतीले आफ्नो नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरि नेताहरुको कार्यविभाजन सहित सातवटै प्रदेशको संयोजक तोक्नुभएको छ ।

लेनिन दिवस तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा किरातीले बैठकको आयोजना गरि राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पेस गर्नुभयो ।

जसमा मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासमा जोड दिँदै ‘राष्ट्रिय समाजवादी क्रान्ति’को कार्यदिशामा अघि बढ्ने उल्लेख छ ।

साथै नेपाली जनतालाई ऋण मुक्त गर्न सम्पूर्ण वैदेशिक ऋण खारेज गर्ने, एकाधिकार चरित्रको जुनसुकै परियोजना राष्ट्रियकरण गर्ने र जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्न सबैखाले निजी संस्था र सम्पत्तिलाई राज्यको स्थानीय तहमा समुदायकरण गर्ने प्रतिवेदनमा उल्लेख छ ।

भ्रष्टाचारी र बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्ने, छिमेकीसँगको सम्बन्ध व्यवस्थित गर्न प्रत्येक स्थानीय तहमा एक भन्सार नाका खुलागरी बाँकी स्थानमा नेपाल–भारत सीमामा अग्लो पर्खाल वा काँडेतार लगाउने र अमेरिकी साम्राज्यवादविरुद्ध लड्न ‘राष्ट्रिय प्रतिरोध क्रान्ति’का लागि तयारी गर्ने किराँतीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बैठकले राष्ट्रिय भेला आयोजक समितिको प्रदेश संयोजक पनि तोकेको छ । जसअनुसार १ नं। प्रदेशमा विमल निरौला, २ र ३ नम्बर प्रदेशमा नजिबुल्ला अन्सारी, ४ नम्बर प्रदेशमा मोहन गुरुङ तथा ५, ६ र ७ नम्बर प्रदेशमा आलोक रायमाझी संयोजक तोकिएका छन् ।

आदिवासी जनजाति मोर्चा संयोजनको जिम्मा दिनेश राजवंशीलाई दिइएको छ । बैठकले पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा ०७५ साउन ७ गते पार्टीको प्रथम राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको नेता किराँतीले जानकारी दिनुभयो ।

किराँती समूहले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुमाथि लगाइएका मुद्दाहरु खारेज गर्न र आधिकारिक वार्तामा बोलाउन सरकारसँग आग्रह गर्दै नपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउन पनि बैठकले आह्वान गरेको छ ।

त्यस्तै प्रचण्ड समूहको भण्डाफोर गर्ने र कम्युनिष्ट समूहहरुबीच एकताको लक्षमा दीर्घकालीन सयुंक्त मोर्चा निर्माण गर्ने निर्णय पनि किराँती समूहले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ