काठमाण्डौ, १० वैशाख ।
नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ भित्रको बिबाद पुनः बल्झिएको छ ।
११ औ महाधिवेशन सकिएको २० महिना बितिसक्दा पनि बिबादित जिल्लाहरुको अधिवेशन नगरेको र अध्यक्षले बिधान विपरित गतिबिधि गरिरहेको भन्दै असन्तुष्ठ पक्षले आज बिभिन्न माग राखि पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टीको केन्द्रिय समितिको बैठक जारी रहेकै समयमा पार्टि कार्यलय सानेपा पुगी उपाध्यक्षहरु प्रकाश राना , खड्क बहादुर डागी , उर्मिला थपलिया , नविन राई र सागर परिवार लगायतको टोलीले माग सम्बोधनका लागि २४ घण्टे अल्टिमेटम सहित ध्यानकर्षण पत्र देउवालाई बुझाएको हो ।
उनीहरुले १२ औ महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका छन् । यस्तै नेविसंघका अध्यक्षले विधि ,बिधान र सहमति विपरित हालसम्म गरेका सबै अबैधानिक निर्णय खारेज गरि सहमतीका आधारमा सबै जिल्ला, विश्वविद्यालय र क्याम्पसहरुमा प्रतिनिधि खटाई बिधिवत अधिवेशन गर्न उनीहरुले सभापति देउवा समक्ष माग गरेका हुन् ।

यस्तै नेविसंघलाई सहमति, सहकार्य र समजदारीमा अगाडि बढाउनुका साथै यसअघि दुई चरणमा राखिएका सबै माग पुरा गर्न पनि उनिहरुले आग्रह गरेका छन् ।
आफुहरुको माग २४ घण्टा भित्र सम्बोधन नभए आन्दोनको आधिँवेहरी ल्याउने चेतावनी पनि दिएका छन् । त्यसबाट उत्पन्न परिस्थितीको जिम्मेवार स्वयम पार्टी सभापति देउवा हुने पनि उनीहरुको चेतावनी छ ।
यसअघि सम्पन्न ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा माउ पार्टी काग्रेसद्धारा गठित निर्देशन समितिले विवादित भनिएका ११ जिल्लामा तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने निर्ण गरेको भएपनि हालसम्म हुन सकेको छैन ।
साथै उनीहरुले नेविसंघलाई तानाशाही शैलीमा अध्यक्षले अगाडि बढाएको भन्दै यसप्रति सनि सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।
बिज्ञप्तीको पूर्णपाठ ।
