शेयर बजार दोहोरो अंकले बढ्यो, ८ लाख ४० हजार कित्ता शेयरका लागि स्वीकृति

शेयर बजार दोहोरो अंकले बढ्यो, ८ लाख ४० हजार कित्ता शेयरका लागि स्वीकृति

  • आइतवार, बैशाख ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, ९ वैशाख । शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।

लगातार बढ्दै आएको बजार आज ५०.१८ बिन्दुले उकालो लागेर एक हजार ४३८.४९ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १०.०८ अंकले बढेर ३०४.१८ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २८ लाख ८९ हजार ९४३ कित्ता शेयर रु एक अर्ब २३ करोड पाँच लाख तीन हजार १८० मूल्यमा खरिद बिक्री भएको छ ।

शेयर बजारमा बैंकिङ ३९.३१, होटल ६५.२, विकास बैंक ६१.६६, जलविद्युत् ८९.८८, फाइनान्स २३.१४, बीमा ३५२.९९, उत्पादन ४०.३८, अन्य १२.५७ र माइक्रोफाइनान्स १००.२३ बिन्दुले उकालो लागेको छ ।

नेपाल धितोपत्र बोर्डले रैराङ हाइड्रोपावर कम्पनीको साधारण शेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ ।

बोर्डले आज रु आठ करोड ४० लाख बराबरको आठ लाख ४० हजार कित्ता साधारण शेयर(आइपिओ) जारी गर्नका लागि स्वीकृति दिइएको हो । सो कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी